पोखरामा जारी बगर भाई खलक एट–ए–साइड भेट्रान्स फुटबल प्रतियोगितामा आयोजक टिम प्रतियोगिताबाट बाहिरिएको छ ।
आज भएको अन्तिम प्रि–क्वाटर खेलमा आयोजक बगर भाई खलक ‘ए’ मनाङ मर्स्याङदी भेट्रान्स काठमाडौ सँग १–० ले पराजित हुँदै बाहिरिएको हो । मनाङका तर्फबाट एक मात्र गोल सुमन श्रेष्ठले गरेका थिए । खेलमा मनाङका विष्णु बहादुर सुनुवार म्यान अफ दि म्याच घोषित भएका छन ।
“स्वास्थका लागि एक घण्टा व्ययाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मुल नाराका साथ आयोजित “चौथो स्वर्गिय रञ्जित गुरुङ स्मृती तथा १० औं बगर भाई खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता” अन्तर्गत बिहिबार क्वाटर फाइनल चरणका खेलहरु सम्पन्न भएका छन ।
बिहिबार सम्पन्न क्वाटरफाइनल चरणका खेल अन्तर्गत भएको खेलमा टि वर्गर भेट्रान्स ललितपुरले पोखरा भेट्रान्सलाई २–१ ले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको छ । टि वर्गरका भगवान थापाले खेलमा २ गोल गरेका थिए । उनी खेलको म्यान अफ दि म्याच भएका छन । यता पोखराका लागि भोजेन्द्र तामाङले एक गोल फर्काएका थिए ।
यस्तै नवलपरासी भेट्रान्स फुटबल क्लवले ललितपुर एफसी एकाडेमी (विविसी)लाई टाइव्रेकरमा ३–२ गोलले पराजित गर्दै सेमीफाइनलमा टि वर्गर ललितपुर सँग आफ्नो भेट पक्का गरेको छ । निर्धारित समयमा कुनै गोल हुन नसक्दा खेल टाइव्रेकरमा पुगेको थियो । खेलमा नवलपरासीका कर्णबहादुर गुरुङ म्यान अफ दि म्याच भए ।
यसै गरी काठमाडौको मिया सान मियाले हेटौडा भेट्रान निलोलाई टाइ व्रेकरमा ४–३ गोलले पराजित गर्दै सेमीफाइनलमा मनाङ मर्स्याङदी क्लव भेट्रान्स सँग भिड्ने भएको छ । पहिलो हाफमा हेटौडाका तिर्थ बहादुर याक्सोको २ गोल र मिया सानबाट हस्तबिर चौधरी र राजेश खड्कीले समान १–१ गोल गर्दै खेललाई बरावरीमा सकाएका थिए । खेलमा खड्की म्यान अफ दि म्याच घोषित भए ।
बिहिबार सम्पन्न अन्तिम क्वाटरमा धनिमण्डल भेट्रान्स ललितपुर मनाङ मर्स्याङदीको खेल समेत निर्धारित समयमा १–१ ले सकिदा खेल टाइ व्रेकरमा पुगेको थियो खेलमा मनाङका लागि सुमन श्रेष्ठले गोलको खाता खोले पनि धनिमण्डलका लागि तेज धलामीले बरावरी गोल गरेका थिए । तर टाइव्रेकरमा मनाङ भाग्यशाली बन्यो । मनाङका किपर मिन बहादुर बस्नेतले धनिमण्डलका दुई प्रहार रोक्दा खेलमा मनाङ २–१ ले विजयी बन्दै सेमीफाइनलको यात्रा तय गरेको छ । खेलमा मिन बहादुर म्यान अफ दि म्याच भए ।
प्रतियोगीतामा उपाधि विजेताले रनिङ शिल्ड सहित नगद १ लाख ११ हजार १ सय ११ लाख द्वितियले नगद रु. ५५ हजार पांच सय ५५ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफी सहित जनही नगद ५ हजार प्रत्येक खेलाडिलाई प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद १० हजार प्रदान गरिने छ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार सेमीफाइनका खेलहरु सञ्चालन हुने प्राविधिक संयोजक खगेन्द्र गुरुङले जानकारी दिएका छन । फागुन २९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौ, विरगंज, बुटवल, नवलपरासी, वालिङ र पोखराका र.गरी २८ टिमको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प