बागलुङमा महिलालाई लोकसेवा तयारी कक्षा

बागलुङमा महिलालाई लोकसेवा तयारी कक्षा

loksewa-tayari

सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा बागलुङमा महिला परीक्षार्थीका लागि लोकसेवा तयारी कक्षा शुरु भएको छ । महिलालाई राज्यको अङ्गमा समानरुपमा पु-याउने लक्ष्यले दशवटै पालिकाबाट ३५ महिलालाई तालीम दिइएको हो । परीक्षाका लागि चाहना राखेकालाई १५ दिने कक्षामा ल्याइएको हो ।

आर्थिकरुपमा विपन्न, सामाजिकरुपमा पछि परेका, दलित र जनजाति महिलालाई सो अवसर दिइएको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले बताए । तालीमका लागि समन्वय समितिले स्थानीय व्यवस्थापन गराएको छ ।

यस्तो प्रकारको तालीमले सुनौलो भविष्य खोज्ने काममा सहयोग मिलेको सहभागी यमुना विश्वकर्माले बताए । ग्रामीण क्षेत्रबाट सदरमुकाम आएर पढ्ने काम मात्र नभई लोकसेवा परीक्षा उत्तीण गर्ने पनि उनले विश्वास व्यक्त गरे ।

“परीक्षाको तयारी, कक्षा र लेख्ने पद्धतिबारे हामीले तालीममा सिक्ने छौँ”, उनले भन्नुभयो, “परीक्षाको प्रक्रिया नबुझेकाले यसअघि सहभागी पनि बन्न सकेका थिएनौँ ।” सहभागीले पहिलोपटक निःशुल्क र लक्षित समुदायमा पुगेको तालीमले लोकसेवामा प्रवेश पाउने आशा पलाएको बताए ।

गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले रु दुई लाख ८० हजार बजेट विनियोजन गरेपछि तालीम सञ्चालन गरिएको समितिका सूचना अधिकारी दुर्गाप्रसाद शर्माले बताए । यसअघि छिटफुटरुपमा सङ्घसंस्था र ट्युसन सेन्टरले चलाएको तालीम औपचारिकरुपमा सरकारी निकायबाटै थालिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds