विपद् व्यवस्थापनका लागि वालिङमा ‘विपद् पोर्टल’

विपद् व्यवस्थापनका लागि वालिङमा ‘विपद् पोर्टल’

syanja waling smart city

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले विपद् व्यवस्थापनमा जोड दिँदै ‘विपद् पोर्टल’ सञ्चालनमा ल्याएको छ ।

विपद्सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन गर्ने, प्रविष्टि गर्ने र प्रतिवेदनमा संलग्न जनशक्तिलाई पोर्टल प्रयोग गर्न सहजीकरण गर्ने उद्देश्यले ‘विपद् पोर्टल’ सञ्चालनमा ल्याइएको वालिङ नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इन्जिनियर प्रकाश अर्यालले बताए । पोर्टलले विपद् व्यवस्थापनसम्बन्धी तथ्याङ्कलाई एकरूपता प्रदान गर्ने कार्यमा सहयोग पुर्‍याउने उनको भनाइ छ ।

युथ इनोभेसन ल्याब प्रालि काठमाडौंको प्राविधिक सहयोगमा निर्माण गरिएको पोर्टलको प्रयोगले जोखिम न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका अर्यालले बताए ।

‘यस पोर्टललाई थप व्यवस्थित बनाउँदै आगामी दिनमा सेन्सर जडान गरी अर्ली वार्निङ सिस्टममार्फत नागरिकलाई थप सुसूचित गराइ जनधनको क्षति हुनबाट जोगाउने तयारी छ,’ उनले भने ।

‘विपद् पोर्टल’ एकीकृत विपद् सूचना व्यवस्थापन प्रणाली हो । यो पोर्टल गृह मन्त्रालयले आरम्भ गरेको र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको स्वामित्वमा रहेको युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ