बागलुङमा भिरबाट लडेर २१ वर्षीय युवकको मृत्यु

बागलुङमा भिरबाट लडेर २१ वर्षीय युवकको मृत्यु

Bhir

बागलुङमा भिरबाट लडेर एक युवकको ज्यान गएको छ । काठेखोला गाउँपालिका ३ धम्जा घर भई हाल बाग्लुङ नगरपालिका–४ बस्ने २१ वर्षीय गणेश बोहोराको मृत्यु भएको हो । उनी छारे रोगको बिरामी भएको बुझिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार आज बिहान साढे ८ बजेतिर बाग्लुङ नगरपालिका–४ ओडारे चौर स्थित भिरबाट मानिस खसेको भन्ने स्थानीय मार्फत खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटि गइ बुझ्दा उनी मृत अवस्थामा भेटिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds