पोखरामा लामो समयदेखि शैक्षिक परामर्श गर्दै आइरहेका संस्थाहरुको संयूक्त आयोजनामा टीम (Tim) एजुकेशन एण्ड करियर फेयर २०२१ को तयारी पूरा भएको छ ।अाज शुक्रबार (चैत ६ ) मेलामा पोखराका अग्रणी परामर्शदातृ संस्थाहरु मिराकल इन्स्टिच्युट प्रा. लि. , थर्ड आई एजुकेसन, इम्पल्स एजुकेसन र मिराई कन्सल्टेन्सीले संयुक्त रुपमा उक्त मेलाको आयोजना गरेका हुन् ।पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्युटमा हुन लागेको फेयरको तयारी पुरा भएको आयोजक टिमले बताएको छ । १००० (हजार) जना भन्दा बढी सहभागी हुने लक्ष्य लिएको उक्त टिमले सम्पूर्ण तयारी पूरा गरेको हो ।
मेलामा २० भन्दा बढी अन्तर्राष्ट्रय कलेज एवम् युनिभर्सिटीका प्रतिनिधि सहभागी हुने छन् । नेपाली विद्यार्थीलाई यूके, यूएसए, क्यानडा, अष्ट्रेलिया, जापानको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृत्तिको विषयमा एकै स्थानबाट पर्याप्त सूचना प्रवाह गर्ने उद्देश्यले यस शैक्षिक मेलाको आयोजना गरिएको हो ।

फेयरमा आउने विद्यार्थीलाई विभिन्न छात्रबृत्तिको अवसर तथा दक्ष तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताहरुबाट परामर्शको सुविधा दिइनेछ । साथै, फेयरमा विद्यार्थी तथा अभिभावकले निःशुल्क प्रवेश गर्न पाउनेछन्। यो सँगसँगै प्रत्येक सहभागीले १०० को मोबाइल रिचार्ज पाउने छन् र सहभागी मध्येबाट गोलाप्रथाबाट छनोट गरी भाग्यमानी १ जनालाई ट्याब र १ जनालाई पोखरा-काठमाडौँ-पोखराको फ्लाईट टिकट पुरस्कार स्वरूप प्रदान गरिने आयोजकले जानकारी दिए ।फेयरलाई सिड्नी मेट्रो कलेज सहयोग गरेको छ भने ट्राभलर्स पार्टनरमा ऐश्वर्य ट्राभल्सले साथ दिएको छ ।

सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो