पोखरा । जर्वजस्ती कारणीको आरोपमा मुद्धा खेपिरहेका व्यक्तिको परिवारसँग सेटिङमा रकम असुलेको आरोपमा अधिवक्ता लक्ष्मीप्रसाद घिमिरे पक्राउ परेका छन् । पोखरामा ओम ल फर्म सञ्चालन गरेर बसेका लमजुङका ५८ वर्षीय घिमिरेलाई बैदाम क्षेत्रबाट प्रहरीले बुधबार पक्राउ गरेको हो ।
पोखराकी १७ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी अभियोगमा एक ५७ वर्षीय पुरुष पक्राउ परेका थिए । ति पुरुषकी श्रीमतीसँग पोखराकै सूर्यलाल खड्का र हेम्जा बस्दै आएका धादिङका कमानबहादुर तामाङले भेटेर रकम दिएमा केस मिल्ने बताएका थिए ।
खड्का र तामाङलाई पक्राउ गरी उनीहरुसँग बयान लिँदा घिमिरेको नाम मुछिएपछि उनलाई पनि पक्राउ गरिएको हो । १२ लाख रुपैयाँको चेक र १ लाख २० हजार नगदसहित दुई जना पक्राउ परेका थिए ।
मुद्धा मिलाएर लाखौं रकम असुल्ने दाउ गरेका खड्का र तामाङले मुद्धा परेर हिरासतमा रहेका पुरुषकी श्रीमतीसँग सेटिङ मिलाउँदै थिए । दबाब, प्रभावमा पार्न खोजेको भन्दै उल्टै आफन्तले प्रहरीकहाँ उजुरी दिएपछि घटना बाहिरिएको हो ।
घिमिरेमाथि ४ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिएका छन् । घटनाको अनुसन्धानका क्रममा खड्का र तामाङको सेटिङ अधिवक्ता घिमिरेसँग देखिएकोले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’