काठमाडौं । चालू आर्थिक वर्ष (आव) को पहिलो ८ महीनामा रू. १६ अर्बको सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यस अवधिमा रू. १६ अर्ब २८ करोडको सुन आयात भएको हो, जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा रू. ३ अर्ब ७१ करोडले बढी हो ।
यस अवधिमा सुन आयातको परिमाण ५० किलोले बढेको छ । चालू आवको फागुनसम्ममा जम्मा २३ सय किलो सुन आयात भएकोमा अघिल्लो वर्ष यस अवधिमा रू. १२ अर्ब ५७ करोड बराबरको २२ सय ५० किलो सुन आयात भएको थियो ।
चालू आवको पहिलो त्रैमाससम्म न्यून रहेको सुनको माग कात्तिकयता बढ्दै गएको देखिन्छ । दशैंतिहारजस्ता चाडपर्व र मङ्सिरमा बिहेको समय भएका कारण उक्त समयमा सुनको आयात उच्च रहेको थियो ।
कोरोना भाइरसका कारण मूल्य अत्यधिक बढेपछि चालू आवको शुरूको चरणमा नेपालमा यसको कारोबार ठप्पजस्तै भएको थियो । कोरोना रोकथाम गर्न लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाले सुन व्यवसाय प्रभावित भएको थियो । तर, पछिल्लो समय माग बढेपछि आयात पनि बढाइएको व्यवसायीहरूको भनाइ छ ।
नेपालमा सुन आयात गर्ने अधिकार वाणिज्य बैंकहरूलाई मात्रा छ । त्यसमा नेपाल सुनचाँदी व्यवसायी महासंघले पनि आवश्यक समन्वयन गर्दै आएको छ । महासंघले बजारको मागअनुसार बैंकहरूलाई सुन आयात गर्न सिफारिश गर्दै आएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’