Gandak News
Our News Your Views
Promote your business here Gandaknews

होटलमा श्रीमानसँगै सुतेकी म्याग्दीका सृजनाले हामफालेर गरिन् आत्महत्या

जनकपुरधाममा होटलबाट एक महिला हाम फालेर आत्महत्या गरेकी छिन् । मंगलबार राति श्रीमानसँगै सुतेकी जनकपुरधामस्थित सर्लाही होटल एण्ड गेस्ट हाउसबाट हामफालेर आत्महत्या गरेकी छन् ।

म्याग्दीको तत्कालीन बिम गाविस ८ घर भएकी सृजना सुनार श्रीपालीले होटलको पाँचौँ तल्लाबाट हामफालेर आत्महत्या गरेकी हुन् ।

उनको शव आज बिहान होटल छेउमै रहेको खानेपानी संस्थानको परिसरमा फेला परेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

यातायात कार्यालय जनकपुरबाट स्कुटीको लाइसेन्स बनाउन श्रीमान् विश्वास सिर्पालीसँगै उनी दुईदिन अगाडि नै जनकपुरधाम आएर उक्त होटलमा बसेका थिए ।

विश्वास ११ दिनअगाडि मात्र विदेशबाट आएका थिए । साउदीमा करिब डेढ वर्ष काम गरेर नेपाल आएको उनले बताए ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस