तनहूँमा सामूहिक रूपमा भेला भई होली नमनाउन आग्रह

तनहूँमा सामूहिक रूपमा भेला भई होली नमनाउन आग्रह

tanabahu jila barsasan karyalaa

कोभिड –१९ को दोस्रो लाहर नेपालमा  देखा परे संगै प्रशासनले सजक रहन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले तनहूँमा सामुहिक भेला भई होली नमनाउन आग्र्रह गरेको छ ।

नजिकीएको होला पर्वलाई केन्दीत गरेरर उक्त निर्देशन गरिएको हो । भीडभाड गरी होली मनाउँदा जोखिम बढ्न सक्ने भएकाले सबैलाई उक्त अनुरोध गरिएको हो ।

छिमेकी मुलुक भारतमा देखिएको थप कोरोनाका कारण नेपालमा पनि कोरोनाको दर बढ्दै गएको र मृत्युदरमा वृद्धि भएको सन्दर्भमा खुला सिमानाका कारण मानिसको आवतजावत बढिरहेकाले तनहुँ पनि जोखिम रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।

समुदायमा दोस्रो लहर देखिएपछि सबैलाई सजक र सतर्क रहन प्रशासनले अनुरोध गरेको हो । व्यवसायको सन्दर्भमा संक्रमणको अवस्थालाई विचार गरी राति १० बजेपछि बन्द गराउने निर्णय गरेको छ ।

बैठकले जात्रा, मेला महोत्सव, कन्सर्ट तथा भीडभाड हुने कार्यक्रम गर्न पनि रोक लगाएको छ । भारतबाट आउने सम्पुर्णलाई निगरानीमा राखिने समेत प्रशासनले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ