बागलुङ । बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, बागलुङका अनुसार मृत्यु हुनेमा बडिगाड गाउँपालिकाका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाई रहेका छन् । मृतक कुँवर नेपाली कांग्रेसका जिल्ला सदस्य हुन् । दुवैको शव दर्लिङको बल्देधुरी भीरमा ५ सय मिटर तल खसेको अवस्थामा फेला पारेको प्रहरी नायव उपरीक्षक इगवाल हवारीले बताएका छन् ।
आज दिउँसो बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करीब ६०० जना उपस्थित भएका थिए । दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. ९ का अध्यक्ष कृष्ण बहादुर खत्रीले बताए। गुल्मी, बागलुङ र प्युठानको समेत सीमा बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप भएको हो ।
स्थानीयका अनुसार दिउँसो रक्सी खाएर गाउँमा गएका निसीखोलाको समूहले भानुमाविको भवन बनाउँदै गरेका ठेकेदार र स्थानीय युवालाई कुटपिट गरेपछि विवाद भएको थियो । दिउँसो चार बजेतिर घटना भएको थाहा पाएपछि ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ। घटनास्थल मानव बस्तीभन्दा केही टाढा पर्छ।
उक्त झडपमा अन्य केही पनि घाइते भएका प्रहरीले जनाएको छ। तर, कति जना घाइते भएको भने जानकारी आइनसकेको प्रहरीले जानकारी दिएको छ। स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका–७ र बडिगाड–१० का केही युवा बेपत्ता भएको आशङ्का गरिएको छ । घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुनसक्ने स्थानीयवासीले बताएका छन् । घटनापछि प्रहरी त्यहाँ पुगेको छ। घाइते र घटनामा संलग्नको खोजी भइरहेको हवारीले जानकारी दिए।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने