बाग्लुङ घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न कांग्रेसको माग

बाग्लुङ घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न कांग्रेसको माग

congress party office

नेपाली काँग्रेस संसदीय दलले बागलुङ  घटनाको घोर भर्त्सना गरेको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिए । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति निकालेर बाग्लुङ, गुल्मी र प्युठानको सिमाना बल्देधुरीमा आइतवार (हिजो) भएको घटना अमानवीय र अत्यन्तै निन्दनीय भएको भन्दै दोषीलाई कारबाहीको माग गर्नुभएको हो ।

होली खेल्ने क्रममा भएको झडपमा दुई जनाको ज्यान गएको थियो । ज्यान गुमाउनेमा प्रकाश कुँवर र दीपक नेपाली छन् । कुँवर नेपाली कांग्रेस बाग्लुङका जिल्ला सदस्यसमेत रहेको प्रवक्ता शर्माले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ