गुण्डागर्दीमा उत्रने तनहुँका युवाहरू पक्राउ, श्रीमती जिस्काउँदा गाली गर्ने श्रीमानमाथि सडकमै कुटपिट

गुण्डागर्दीमा उत्रने तनहुँका युवाहरू पक्राउ, श्रीमती जिस्काउँदा गाली गर्ने श्रीमानमाथि सडकमै कुटपिट

Gongabu_Kutpit

राजधानीको गोंगबुमा सडकमा युवा पिट्ने समूह पक्राउ परेका छन् । आइतबार गोंगबुको सडक पेटीमा एक युवालाई पिट्दै गरेको भिडियो सामाजिक सञ्जालमा आएको देखेपछि प्रहरीले पक्राउ गरेको हो।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार सुनसरी स्थायी घर भएका पीडित अमर लिम्बु श्रीमतीसँग बाटोमा हिँडिरहेको बेलामा उनकी श्रीमतीलाई युवाको समूहले जिस्काएको थियो। अमरले श्रीमती जिस्काउनेलाई ‘किन जिस्काएको ? भन्दा समूहले लिम्बुलाई नै कुटपिट गरेको सिंहले बताए।

‘हामीलाई भिडियो प्राप्त भएको आधा घण्टामा नै उनीहरुलाई नियन्त्रणमा लिएका हौँ,’ सिंहले भने, ‘पीडित लिम्बु भने हाम्रो सम्पर्क आइसकेका छैनन्।’

कुटपिट गर्ने तनहुँ घर भई बनस्थलीमा बस्ने २२ वर्षका भरत गुरुङ, २५ वर्षका सोमबहादुर गुरुङ र तनहुँ घर भई धापासी बस्ने २५ वर्षका दिपेन्द्र कुमार थापा प्रहरी नियन्त्रणमा रहेको सिंहले बताए।

ट्विटरमा भाइरल भएको भिडियोमा धेरैले नेपाल प्रहरीलाई मेन्सन गरेका थिए। आइतबार प्रहरीले उजुरी प्राप्त नभए पनि भिडियोको आधारमा कारवाही अगाडि बढाएको सिंहले जनाएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ