बागलुङमा ग्यास लिक भएर रेष्टुरेन्टमा आगलागी, १० लाखको क्षति

बागलुङमा ग्यास लिक भएर रेष्टुरेन्टमा आगलागी, १० लाखको क्षति

Aagalagi_Pic

बागलुङ सदरमुकामको मुख्य बजारको एक रेष्टुरेन्टमा आगलागी भएको छ । बानपा–२ लोकतान्त्रिक चोकको नजिकै रहेको ग्रील एण्ड चिलमा मंगलबार दिउँसो अचानक आगलागी भएको हो।

रेष्टुरेन्टमा लागेको आगो केहीबेरमै बागलुङ नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए।

किचनमा ग्यास लिक भइ आगालागी भएको अनुमान गरिएको छ। आगलागीबाट किचन पूर्ण रुपमा क्षति भएको छ भने नगद र जिन्सीसमेत गरी १० लाख बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक हवारीले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ