Gandak News
Our News Your Views
Promote your business here Gandaknews

स्याङ्जामा १५ वर्षीया किशोरीलाई सामूहिक बलात्कार प्रयास, चार पक्राउ

स्याङ्जा — सामूहिक बलात्कार प्रयास आरोपमा हरिनास गाउँपालिकाबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

घर फर्कंदै गरेकी स्थानीय १५ वर्षीया किशोरीलाई बाटोमा बलात्कार प्रयास गरेको आरोपमा ४२ वर्षीय दिलबहादुर राना, २९ वर्षीय जेवन्तबहादुर खवास, १९ वर्षीय निलेश दुवाडी र १८ वर्षका जयम रुचाललाई पक्राउ परेका हुन् ।

गत शनिबार साँझ घटना भएको पीडितका आफन्तको जाहेरी आएपछि आरोपित सबैलाई आइतबार पक्राउ गरेर जबर्जस्ती करणी उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको एसपी होबिन्द्र बोगटीले बताए ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस