श्रीमान् सुतिरहेका थिए, श्रीमतीले अनलाइन कपडा बेच्नका लागि बनाइदिइन् मोडल

श्रीमान् सुतिरहेका थिए, श्रीमतीले अनलाइन कपडा बेच्नका लागि बनाइदिइन् मोडल

phillipines

सोसल मिडियामा एक श्रीमानका तस्बिर भाइरल भइरहेका छन् । ती व्यक्ति निदाइरहेका थिए । तर उनले महिलाको पहिरन लगाइरहेका थिए । साँच्चै भन्ने हो भने ती पहिरन उनीमाथि बिछ्याइएका थिए जुन उनले लगाएको झैं देखिन्थ्यो ।

यस्तो क्रियाकलाप ती व्यक्तिकी श्रीमतीको हो जसले फिलिपिन्समा एक अनलाइन बुटिक चलाउँछिन् । उनले आफ्ना सुतिरहेका श्रीमानलाई मोडलको रुपमा प्रस्तुत गरिदिइन् । यस्तो उनले अनलाइन कपडा बेच्नका लागि गरिन् ।

यी तस्बिर व्य’क इलष्लिभ क्जयउउभ नामको फेसबुक पेजले सेयर गरेको हो । यसमा क्याप्सनमा लेखिएको छ, ‘म्यानेक्विन छैन रु समस्या छैन । कोसिस चाहिन्छ ।’

खबर लेख्ने बेलासम्म यो पोस्टमा लगभग ६ हजारले कमेन्ट गरिसकेका छन् भने ११ हजारले रियाक्सन दिइसकेका छन् । यसका साथै यो पोस्टलाई २२ हजारले सेयर गरिसकेका छन् । धेरैजसोले महिलाको क्रिएटिभ आइडियाको तारिफ गरिरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ