बागलुङमा बम बनाउने क्रममा विस्फोट, दुई जना घाइते

बागलुङमा बम बनाउने क्रममा विस्फोट, दुई जना घाइते

bom blast-3

बागलुङको बडिगाडमा माछा मार्ने बम बनाउने क्रममा विस्फोट भएको छ । विस्फोटमा दुई जना घाइते भएका छन् ।

बडिगाड गाउँपालिका–२ सिमलचौरमा २८ वर्षीय अरुण कुमार पुनले माछा मार्ने बम बनाउने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकबाल हवारीले जानकारी दिए ।

विस्फोटमा मित्र राना र अरुण कुमार पुन घाइते भएका छन् । उनीहरूको टाउको र खुट्टामा गम्भीर चोट लागेको सूचना अधिकारी हवारीले बताए ।

घाइते दुवै जनालाई उपचारको लागि पाल्पा स्थित प्रभास अस्पताल पठाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ