बागलुङमा बम विस्फोटमा गम्भीर घाइते भएका युवाको मृत्यु

बागलुङमा बम विस्फोटमा गम्भीर घाइते भएका युवाको मृत्यु

Sudden depature

बागलुङमा बम बनाउँदै गर्दा बिस्फोट भएपछि गम्भीर घाईते भएका एक युवकको मृत्यु भएको छ । बडिगाड गाउँपालिका वडा नम्बर २ सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा बिस्फोट  भएको हो ।

स्थानीय दुर्गा बहादुर भुजेलको घरमा बम बनाइरहेको समयमा विष्फोट हुँदा गम्भीर घाईते भएका गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ स्थायी घर भई बडिगाड गाउँपालिका वडा नम्बर २ सिमलचौर बस्दै आएका ३१ वर्षीय मित्र बहादुर रानाको उपचारको लागि पाल्पा लैजाँदै गर्दा बटोमै मृत्यु भएको परिवारले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ