यो गाउँमा ९ वर्षदेखि छोरा नै जन्मिएनन्, छोरा जन्माउने पहिलो जोडीलाई उपहारको घोषणा

यो गाउँमा ९ वर्षदेखि छोरा नै जन्मिएनन्, छोरा जन्माउने पहिलो जोडीलाई उपहारको घोषणा

beby

दक्षिणी पोल्याण्डको चेक रिपब्लिकको सीमासँगै जोडिएको एउटा सानो गाउँमा विगत ९ वर्षदेखि छोरा जन्मिएको छैन । गाउँमा बस्ने सबैभन्दा कान्छो बालक १२ वर्ष पुगिसकेका छन् । यसैकारण त्यहाँ छोरा जन्माउने पहिलो जोडीलाई उपहारको घोषणा गरिएको छ ।

मिइज्स्से ओर्दान्स्किका स्थानीयले खोइ किन हो निकै विरलै छोरा जन्माउँछन् । त्यहाँका मेयर राजमुन्द फ्रिस्कोले पोल्याण्डका पत्रकारलाई इतिहास पल्टाएर हेर्दा र जन्म दर्ताको अनुगमन गर्दा त्यहाँ पहिले देखि नै पुरुषको जन्म निकै कम हुने गरेको बताए । उनैले छोरा जन्माउने पहिलो जोडीलाई उपहारको घोषणा गरेका हुन् ।

‘हामीले जन्मदर्तालाई समिक्षा गर्दै यसबारे थप अनुसन्धान गर्यौं,’ फ्रिस्कोले भने । ‘पितापूर्खाले जे भने त्यो पुष्टि भयो । छोरीको निरन्तर जन्म भइरहेको छ भने छोराको निकै कम । यसको कारणबारे थाहा पाउन निकै गाह्रो छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ