सामान्य स्मार्टफोन पानीमा डुब्यो भने बिग्रिन्छ । पछिल्लो समय केही यस्ता स्मार्टफोनहरु पनि बनेका छन् जो वाटरप्रुफ छन् । केही समय पानीमा डुब्दैमा यी स्मार्टफोन भने बिग्रिँदैनन् । तर, १ वर्षसम्म पानीमा डुबेर रहँदा पनि कुनै स्मार्टफोन सुरक्षित रहन सक्ला ? ताइवानमा एक व्यक्तिको आइफोन भने १ वर्षसम्म पानीमा डुब्दा पनि सुरक्षित रह्यो ।
ताइवानमा अहिले खडेरी परेको छ । यो शताब्दीकै सबैभन्दा ठूलो मानिएको यो खडेरीका कारण त्यहाँका नागरिक पानीको गम्भीर कमीसँग जुधिरहेका छन् । पानीको अभावले कैयौं जनता समस्यामा परिरहेका बेला त्यहाँका एक व्यक्तिका लागि भने यो खडेरीले खुसी ल्यायो । उनको एक वर्ष अगाडि तालमा डुबेको आइफोन अहिले ताल सुकेपछि भेटियो ।
ताइवानको सन मुन ताललाई यहाँका प्रमुख तालमध्येको एक मानिन्छ । तर, खडेरीका कारण यो ताल सुकेको छ । सुकेको तालमा चेन नामका ती पर्यटकको एक वर्षअगाडि हराएको आइफोन भेटियो । १ वर्षअगाडि चेन यो तालमा डुङ्गामा घुमिरहेका थिए । यही क्रममा उनको आइफोन ११ प्रो म्याक्स तालमा खसेको थियो । उनले आफ्नो आइफोन भेटिने आशा मारिसकेका थिए । तर, एक हप्ताअगाडि उनले आफ्नो हराएको आइफोन भेटिएको सूचना पाए ।
ताइवान न्यूजका अनुसार चेनलाई तालका एक कर्मचारीले फोन भेटिएकोबारे सूचना दिएका थिए । चेनले यो खबरलाई फेसबुकमा पनि शेयर गरेका छन् । चेनले आफ्नो आइफोन पाएपछि त्यसलाई चार्ज गर्दा आइफोन चार्ज भयो । उनले आइफोन अन गरे । फोनले राम्रोसँग काम गरिरहेको थियो । फोन पानीमा डुबेको भए पनि त्यसको वाटरप्रुफ कभरका कारण फोन सुरक्षित थियो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह