गण्डकी प्रदेश सरकारले सातौं संसद अधिवेशन अन्त्य गरेको छ । अविश्वास प्रस्ताव रोक्न गण्डकी सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।
प्रदेश सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेबाटै लागू हुने गरी संसद अधिवेशन अन्त्य गरेको जानकारी सभामुखलाई दिएका छन् ।
लाचू अधिवेशन चैत २५ बाट सुरु भएको थियो । गण्डकीमा माओवादी, कांग्रेस र जसपा मिलेर नयाँ सरकार बनाउने सहमति गरेका छन् भने जनमोर्चाले पनि समर्थत फिर्ता लिएको छ । त्यसपछि, विहीबार नै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिएको थियो । तर, संघीय सरकारको सिको गर्दै अविश्वास प्रस्ताव रोक्न सरकारले मध्यरातमै प्रदेशसभा अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो ।
पुस पहिलो साता आफू विरुद्ध अविश्वास प्रस्ताव आउने थाहा पाएपछि सोहि दिन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिनिधि सभा विघटन गर्न सिफारिस गरेका थिए भने राष्ट्रपतिले पनि हतार हतार स्विकार गर्दै प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा