मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमालेको ह्विप !

मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमालेको ह्विप !

MAHENDRA SHAI

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिँदैछन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको माओवादी केन्द्रका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने भएका हुन् ।

संसदमा मुख्यमन्त्रीले विश्वासको मत माग्ने तयारी गरिरहेका बेला एमालेले शाही विरुद्ध मत हाल्न ह्वीप जारी गर्ने तयारी भएको छ । अहिले केहीबेरअघि सुरु भएको संसदीय दलको बैठकमा सांसदहरुलाई मुख्यमन्त्री शाहीको विरुद्धमा मतदान गर्न ह्विप जारी गर्ने भएको हो ।

३९ सदस्य रहेको कर्णालीमा २० सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिन लागेका हुन् ।

कर्णालीमा माओवादीसँग १२, काँग्रेससँग ६ र राप्रपासँग एकजना सांसद रहेका छन् । मुख्यमन्त्री जोगिन २० मत आवश्यक हुन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ