पोखराको चाउथेबाट लागु औषधसहित दुई व्यक्ति पक्राउ

पोखराको चाउथेबाट लागु औषधसहित दुई व्यक्ति पक्राउ

arrest

पोखरा – पोखराको चाउथेबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन् 

लागु औषध नियन्त्रण व्यूरो शाखा पोखराबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा अवैध लागु औषधसहित पोखरा -९ नयाँबजार बस्ने २९ वर्षीय शनि खत्री र पोखरा -१८ सेती बस्ने २५ वर्षीय अशोक परियारलाई नियन्त्रणमा लिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए

हमालका अनुसार प्रहरीले उनीहरुको साथबाट डाईजापाम १०० एम्पुल, फेनरागन १२० एम्पुल, नुर्फिन १०० एम्पुल गरी जम्मा ३२० एम्पुल लागु औषध र मोवाईल २ थान वरामद गरेको छ  ।

हाल प्रहरी नियन्त्रणमा रहेका उनिहरुमाथि लागु औषध सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान कार्य अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds