भिओआइपी चलाएको आरोपमा दुईजना पक्राउ

भिओआइपी चलाएको आरोपमा दुईजना पक्राउ

cathch

काठमाडौँ । अवैध रुपमा अन्तराष्ट्रिय कल बाईपास (भिओआइपी) चलाएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सिबीआई)ले काठमाडौँको चन्द्रागिरी नगरपालिका– बसण्डोलस्थित श्याम कृष्ण श्रेष्ठको घरबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३१ वर्षीय भारतीय नागरिक राना शाह र अर्को बंगलादेश मूलका नेपाली नागरिकताधारी स्यामुल खान भन्ने मोसलिम मियाँ अन्सारी रहेका छन् ।
उनीहरुको साथबाट ६४ पोर्टको जिओआइपी गेटवे, निलो रङको डेल कम्पनीको ल्‍यापटप र चार्जर, टेलिटक लेखिएको सेतो मोडियम, टीपी लिंकको डेस्कटप स्विच, निलो रङको रेडमी नोट ६ प्रो मोबाइल, लाभाको एआरसी १०७ मोडलको मोबाइल र पेन ड्राइभ बरामद गरेको छ ।
प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds