माओवादी केन्द्र र नेकपा एमालेको बैठक भोलि एकैदिन बस्ने

माओवादी केन्द्र र नेकपा एमालेको बैठक भोलि एकैदिन बस्ने

oli-prachanda

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको बैठक एकैदिन बस्ने भएको छ । भोलि सोमवार नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ भने माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने एमालेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ । स्रोतले दिएको जानकारी अनुसार बैठकमा महाधिवेशन, कार्यविभाजन र राजनीतिक प्रतिवेदनका विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसो १ बजे नै कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ । सरकारलाई दिएको समर्थनबारे भोलिको बैठक निर्णायक हुने माओवादी निकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ