गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश खेलकुद परिषदलाई पूर्णता दिएसँगै परिषदको उपाध्यक्षमा नारायण पुनः मनोनित भएका छन् ।
प्रदेश सरकारबाट परिषद्मा मनोनित परिषद् सदस्यमा गिरमान गुरुङ, बासु बराल, दिल बहादुर गुरुङ, राम चन्द्र थापा, योगेन्द्र गुरुङ, तारामाया थापा मगर, शुभकन्या गुरुङ, चन्द्रा घले गुरुङ, ज्ञान बहादुर बोहरा, योगिता सहनी, योगेन्द्र शेरचन, खगेन्द्र क्षेत्री, बसन्त दवाडी, ऋषी गौतम, निर्मला बराल र केशव पाठक रहेका छन् ।
कास्की जिल्ला खेलकुदमा तोरण
कास्की जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा तोरण बहादुर बानियाँ मनोनित भएका छन् । उपाध्यक्षमा महेन्द्र गुरुङ, सचिवमा भिम पराजुली, कोषाध्यक्षमा कन्चन थापा ९कोइराला० लाई मनोनयन गरिएको छ ।
स्याङ्जा जिल्लाको अध्यक्षमा गिरी प्रसाद गुरुङ र सचिवमा शितल जङ्ग केसी मनोनित भएका छन् ।
तनहुँ जिल्लाको अध्यक्षमा अनिल पाण्डे र सचिवमा तुल्सीराम पाण्डे, लमजुङ जिल्लाको अध्यक्षमा योग बहादुर गुरुङ र सचिवमा रोजी गुरुङ, नवलपुर जिल्लाको अध्यक्षमा सेत बहादुर पुन र सचिवमा ध्रुव खनाल, मनाङ जिल्लाको अध्यक्षमा चिन बहादुर घले र सचिवमा नवराज गुरुङ रहेका छन् ।
त्यसैगरी, गोरखा जिल्लाको अध्यक्षमा शान्ता सिंह बस्नेत र सचिवमा हिरालाल श्रेष्ठ, मुस्ताङ जिल्लाको अध्यक्षमा मिन कुमार शेरचन र सचिवमा विनोद वि।सी, म्याग्दी जिल्लाको अध्यक्षमा दिनेश खत्री र सचिवमा तारामान रोक्का, पर्वत जिल्लाको अध्यक्षमा हर्कमान गुरुङ र सचिवमा अदित गुरुङ र बागलुङ जिल्लाको अध्यक्षमा कुमार खडका र उपाध्यक्षमा लोकेन्द्र केसी मनोनित भएका छन् ।
मनोनित परिषद् सदस्य तथा जिल्ला अध्यक्ष तथा पदाधिकारीहरुको कार्यकाल ४ वर्षको रहने व्यवस्था छ ।
सम्बन्धित खबर
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो