आगोले जलिरहेको अवस्थामा मोटरसाइकल फेला

आगोले जलिरहेको अवस्थामा मोटरसाइकल फेला

bike-burning

प्रतिकात्मक तस्बिर

जनकपुरधामको रेल्वे स्टेशन छेउमा दनदनी आगो लागेको अवस्थामा एउटा मोटरसाइकल फेला परेको छ ।

गस्तीमा खटिएको प्रहरीको टोलीले मंगलबार बिहान साढे २ बजेतिर मोटरसाइकलमा आगो लागेको अवस्थामा फेला पारेका हुन् । ‘हामीले मोटरसाइकलमा आगो बलिरहेको देख्यौं,’ रेल्वे प्रहरी चौकीका प्रहरी नायब निरीक्षक ९सई० प्रमोद साहले भने, ‘त्यसपछि निभाएर उक्त मोटरसाइकल प्रहरी चौकी ल्याएका छौं ।’ नम्बर खुल्न नसकेको डिस्कभर मोटरसाइकल पूर्ण रुपमा जलिसकेको छ ।

मोटरसाइकल कसको हो रु भन्ने खुल्न नसकेको उनले बताए । आगो कसले र किन लगाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ