पोखरामा लागु औषध सहित दुई युवक पक्राउ

पोखरामा लागु औषध सहित दुई युवक पक्राउ

arrest

पोखरा – नेपालगंजबाट पोखरातर्फ आउंदै गरेको बस चेकजाँच गर्ने क्रममा प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ 

पृथ्वीराजमार्ग अन्तर्गत पोखरा महानगरपालिका -३२ मजुवास्थित सडक खण्डमा गगनगौंडाबाट खटिएको प्रहरीको टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा अवैध लागु औषध सहित पोखरा -९ पृथ्वीचोक बस्ने २० वर्षीय रमेश गुरुङ र २६ वर्षीय प्रकाश गुरुङलाई पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए 

हमालका अनुसार प्रहरीले उनीहरुको साथबाट लागु औषध डाईजेपाम ५८ एम्पुल, फेनेरागन ५८ एम्पुल, नुर्फिन ५८ एम्पुल गरी जम्मा १७४ एम्पुल अवैध लागु औषध वरामद गरेको छ

पक्राउ परेका उनीहरुमाथि लागु औषध सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान कार्य अगाडी बढाईएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ