कोरोना त्रासः पोखरा रंगशाला प्रवेशमा रोक

कोरोना त्रासः पोखरा रंगशाला प्रवेशमा रोक

Pokhara Rangashala Stadium

File Photo

पोखरा । कोभिड–१९ संक्रमण बढ्दै गएपछि पोखरा रंगशाला प्रवेशमा रोक लगाइएको छ ।

क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै वैशाख ९ देखि वैशाख मसान्तसम्म पोखरा रंगशालामा सम्पूर्ण खेलकुद प्रशिक्षण, सभा, प्रतियोगिता लगायत गतिविधि सहित प्रवेशमा रोक लगाइएको जनाइएको हो ।

तर अन्तर्राष्ट्रिय सहभागिताका लागि सञ्चालित बन्द प्रशिक्षण र रंगशालाभित्र जारी निर्माण कार्य आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई जारी हुने छन् ।

विज्ञप्तिमा क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी र जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ