चट्याङ लागेर एक महिलाको मृत्यु

चट्याङ लागेर एक महिलाको मृत्यु

chatang

मोरङ कानेपोखरी-२ की ४३ वर्षीया सुकवति राजवंशीको चट्याङ लागेर बिहीआर बिहान मृत्यु भएको हो। प्रहरीका अनुसार पानी परिरहेका बेला घरनजिकै रहेका गाईगोरू सार्न जाने क्रममा चट्याङमा परेर उनी गम्भीर घाइते भएकी थिइन्।

घाइते राजवंशीलाई उर्लाबारीस्थित मदनभण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा लगिएको थियो। अस्पताल पुर्‍याउँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ