ओली र नेपालबीच आज पनि भेट हुँदै

ओली र नेपालबीच आज पनि भेट हुँदै

kp nepal

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेट हुने भएको छ । एमाले बिभाजनको संघारमा पुगेको बेला दुई नेताबीच आज पनि भेट हुन लागेको हो ।

ओली र नेपालबीच बिहीबार दिउँसो २ बजेपछि होटल मेरियटमा भेट हुने बताइएको छ । बुधबार साँझ पनि दुई नेताहरुबीच सोही होटलमा भेट भएको थियो । बुधबारकै भेटको निरन्तरता स्वरुप आज पनि दुई नेताहरुबीच भेट हुन लागेको हो ।

बुधबारको भेटमा ओलीले गुटगत गतिविधि बन्द गर्न आग्रह गरेका छन् भने नेपालले भने७लदकउस फागुन २८ गतेको निर्णय सच्याएर पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने अडान राखेका थिए ।

आज हुन लागेको भेट अघि नेपाल पक्षले आफू निकटका नेताहरुलाई ओलीसँगको छलफलबारे ब्रिफिङ गरेका थिए । दुवै नेताहरुलाई पार्टी एकता कायम राख्नको लागि दबाब परिरहेको बेला दुई नेताहरुबीच भेट हुन थालेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ