बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुलमा लाग्ने शुल्क हट्यो

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुलमा लाग्ने शुल्क हट्यो

Baglung-parbat-jodne-pull

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल तरे बापतको शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ ।नगरपालिकाले मंगलबारदेखि पूर्वाधार उपयोग कर शीर्षक राखेर पुल तर्ने यात्रुबाट २० रुपैयाँ असुल्न थालेको थियो ।

तर जनस्तरबाट व्यापक विरोध भएपछि शुल्क लिने निर्णय फिर्ता भएको नगरपालिकाले जनाएको छ । चैत २६ गते बसेको नगर कार्यपालिकाको बैठकले पूर्वाधार उपयोग करअन्तर्गत पुल आउ÷जाउ गर्ने यात्रुबाट २० रुपैयाा लिने निर्णय गरेको थियो । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विद्यार्थीलाई १० रुपैयाँ तथा विदेशी पर्यटकलाई ५० रुपैयाँ तोकिएको थियो ।

सर्वसाधारणको आवातजावतमा सहजताका लागि निर्माण गरिएको झोलुङ्गे पुलमा कर लगाउनु अनुचित हुने भन्दै स्थानीयस्तरमा यो निर्णयको विरोध भएको थियो । बागलुङ नगरपालिक–१ बाङ्गेचौर र कुश्मा नगरपालिका–१ अुदवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुललाई सिङ्गल स्पानतर्फ संसारकै लामो भनिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ