Gandak News
Our News Your Views
Promote your business here Gandaknews

रूखको हाँगाले लागेर बालकको मृत्यु

झापाको कमल गाउँपालिका वडा नं ५ सीतापुरीमा रूखको हाँगा भाँचिएर लाग्दा एक जना बालकको मृत्यु भएको छ। बुवासँग नर्सरीमा दाउरा टिप्न गएको बेला ८ वर्षीय योजन राईको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

रतुवा माई वृक्षारोपण आयोजनाको नर्सरीमा दाउरा टिप्न गएको अवस्थामा हावाहुरीले मसलाको रूखको हाँगा भाँचिएर लाग्दा गम्भीर घाइते भएका थिए। उनको दमक अस्पताल दमकमा पुर्याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस