स्याउ किन्दा आइफोन आएपछि !

स्याउ किन्दा आइफोन आएपछि !

iphone

एजेन्सी । कहिलेकाहीँ अनलाइन सपिङ गर्दा निकै रोचक अनुभव भोग्न पाइन्छ । बेलायतमा हालै एउटा यस्तै घटना भएको छ । त्यहाँ अनलाइनबाट स्याउ खरीदका लागि अर्डर गरेका एक युवकले एप्पलको आइफोन हात पारेका छन् ।

५० वर्षका निक जेम्सले एक खुद्रा सामानको अनलाइन बिक्रि गर्ने वेबसाइट मार्फत् स्याउ खरीद गरेका थिए । अनलाइनमा अर्डर गरेसँगै उनी आफुले किनेको स्याउ लिनका लागि कम्पनीको स्थानीय स्टोरमा गए । स्टोरमा पुगेपछि उनले थाहा पाएकी उनको सामानसँगै एक सरप्राइज बक्सपनि छ । जेम्सले जब त्यो बक्स खोलेर हेरे, तब उनी दंग भए ।

उक्त बक्समा एक आइफोन थियो । स्याउ खरीद गर्दा आइफोन हात परेपछि उनको खुसीको सीमा रहेन र उनले त्यो खुसी ट्वीटरमा शेयर गरे ।

वास्तवमा उनले अनलाइनमा स्याउ अर्डर गरेको कम्पनीको विज्ञापन अभियानको हिस्सा थियो त्यो सरप्राइज । कम्पनीले आफ्ना ग्राहकहरुलाई विभिन्न उपहार प्रदान गर्ने गरेको थियो र त्यसक्रममा जेम्सलाई आइफोन उपहार परेको थियो ।

कम्पनीका अन्य ग्राहकहरुले पनि आ-आफ्ना सरप्राइज गिफ्टका बारेमा ट्वीट गरेर सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ