बजारमा खाने तेलको मूल्य फेरि बढेको छ । गत कात्तिकमा खाने तेलको मूल्य बढाउँदा केही व्यवसायीहरु कारवाहीमा परेका थिए ।
अहिले सरकारी नियामक निकायकै मिलेमतोमा मूल्य बढाइएको उपभोक्ता अधिकारकर्मीहरुको आरोप छ । अहिले खाने तेलको मूल्य प्रतिलिटर १० रुपैयाँदेखि अधिकतम २५ रुपैयाँसम्मले वृद्धि भएको छ ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो समय बजारमा गुणस्तर र कम्पनी हेरेर खाने तेलको मूल्यमा न्यूनतम १० रुपैयाँदेखि अधिकतम २५ रुपैयाँसम्मले मूल्य बढेको हो । ब्रान्ड हेरेर तोरीको तेल प्रतिलिटर १० देखि २५ रुपैयाँले बढेको छ ।
त्यस्तै सनफ्लावर तेल १५ देखि २० रुपैयाँले बढेको छ भने भट्मासको तेलमा प्रतिलिटर १५ रूपैयाँले वृद्धि भएकोे छ । बढेको मूल्यअनुसार अहिले बजारमा तोरीको तेल प्रतिलिटर २५० देखि २८० रुपैयाँसम्म, सनफ्लावर तेल २३० देखि २५० रुपैयाँ र भटमासको तेल प्रतिलिटर २२५ देखि २३५ रुपैयाँसम्म पुगेको छ ।
यसअघि तोरीको तेल प्रतिलिटर अधिकतम २४० रुपैयाँ, सनफ्लावर तेल २३० रुपैयाँ र भट्मासको तेल २१० रुपैयाँमै कारोबार भइरहेको थियो ।
बजारमा मनलाग्दी तबरले खाने तेलको मूल्य बढ्दा पनि सरकारी पक्षबाट अनुगमन भएको छैन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु