प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना महामारीको पछिल्लो अवस्थाका बारेमा ब्रिफिङ गरेपछि आज कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठक बोलाइएको छ । बैठक अहिले ३ बजे पछि बस्दैछ ।
हिजो प्रधानमन्त्रीसँगको छलफलमा सीसीएमसीका अधिकारीहरुले कोरोना संक्रमण बढी देखिएका क्षेत्रहरुमा चेन ब्रेक गर्न रणनीति अपनाउन सुझाव दिएका थिए ।
सहरी क्षेत्रमा भिडभाड कम गर्न र हटस्पटमा लकडाउन गर्न सीसीएमसीले सुझाव दिएको थियो । प्रधानमन्त्रीले ब्रिफिङ गरिएको विषयमा छलफलगरी प्रस्ताव तयार गर्न र सो प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्न भनेका थिए । बैठकबाट लकडाउन गर्नुपर्ने निष्कर्ष निस्किए निर्णयका लागि सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गर्नेछ ।
सम्बन्धित खबर
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो