गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
कोरोना भाइरस संक्रमण देखिएपछि राजधानीको नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको अवस्था केहि बिग्रिएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि उनलाई अस्पतालको आइसियूमा सारिएको छ । पूर्वरानी शाहको उपचारमा संलग्न डाक्टर जेपी जैसवालका अनुसार उनलाई धेरै नै अक्सिजन दिनु परेको छ ।
कोरोना संक्रमण भएर सोही अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह र छोरी प्रेरणाको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।
वैशाख ७ गते कोरोना संक्रमण भएको पुष्टि भएपछि घरमै आइसोलेसनमा बसेका पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र छोरी प्रेरणा स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना भएका थिए ।
सम्बन्धित खबर
सडकमा हिँडिरहेकी युवतीको सुनको सिक्री लुटेर भाग्ने युवक पक्राउ
पेट्रोल र डिजेलको मूल्य घट्यो
करिब ४ तोला सुन जस्तो धातुसहित पोखरामा एकजना पक्राउ
तनहुँ बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, गम्भीर घाइते ९ जना पोखरा ल्याइयो
पोखराको निर्मलपोखरीबाट ५ लाख बढी रकम सहित कौडा खेलिरहेका १६ जना पक्राउ
स्व. त्रिभुवन पौडेल अक्षयकोषमा पत्रकार राईले जापानबाट पठाए १ लाख
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका