काठमाडौं : स्थानीय प्रशासनले निषेधाज्ञालाई हेरेर थप कडाइ गर्न प्रहरीलाई निर्देशन दिएको छ। त्यस्तै, सञ्चार माध्यमलाई समेत सूचना विभागको परिचयपत्रले मात्र हिँड्न पाउने नियम बनाइएको छ।
अघिल्लो तीन दिन सम्बन्धित संस्थाको परिचयपत्रले नै हिँडन दिएको थियो। त्यस्तै, वित्तीय संस्थाहरुलाई पनि कर्मचारी कटौती गर्न भनिएको छ। सुरक्षा निकायलाई पनि सडकमा कडा चेकिङ गर्न निर्देशन दिएको छ। आइतवार बिहान प्रहरीले विभिन्न स्थानमा चेक प्वाइन्ट राखेर जाँच गरिरहेका छन्। जसले गर्दा पनि सडकमा जाम देखिएको प्रहरीले जानकारी दिएको छ।
‘आजबाट चेकिङमा थप कडाई गरेका हौँ। ठाउँ ठाउँमा चेकिङ छ। त्यसैले गर्दा पनि सडकमा केही जाम देखिएको छ,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी सुशीलसिंह राठौरले भने।
निषेधाज्ञाको समयमा काठमाडौं उपत्यकाभित्र ३ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। यो सङ्ख्यामा सशस्त्र प्रहरी समेटिएको छैन। मास्क नलगाई र काम बिना सडकमा हिँड्ने मानिसलाई समेत नियन्त्रणमा लिएर होल्डिङ क्षेत्रमा राखिएको प्रहरीले जानकारी दिएको छ।
‘अत्यावश्यक काम बाहेक सडकमा त्यसै हिँड्ने मानिसलाई समेत नियन्त्रणमा लिएका छौँ। यसरी हिँड्ने मानिसलाई नियन्त्रणमा लिन्छौँ,’ एसपी राठौंरले भने।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु