कारमा मृत भेटिएका तीन बालकहरु तास खेल्न पसे, ढोका लक भयो, निस्सासिएर मृत्यु !

कारमा मृत भेटिएका तीन बालकहरु तास खेल्न पसे, ढोका लक भयो, निस्सासिएर मृत्यु !

Dang Car16

दाङमा भारतीय नम्बर प्लेटको एउटा कारभित्र मृत अवस्थामा भेटिएका तीन बालकको निस्सासिएर ज्यान गएको प्रहरीले प्रारम्भिक निस्कर्ष निकालेको छ ।

अनुसन्धानमा संलग्न अधिकारीहरुले  उनीहरुको निस्सासिएरै ज्यान गएको निष्कर्ष निकालेका हुन् । प्रहरीका एक उच्च अधिकारीले भने, “पार्किङमा रहेको कारको एक ढोका खुला रहेछ । उनीहरु तीनैजना सो ढोकाबाट भित्र पसेपछि कार लक हुँदा हावा कतैबाट नपसेपछि उनीहरुको ज्यान गएको हाम्रो प्रारम्भिक निष्कर्ष छ । घटनाको प्रकृति हेर्दा हत्याजस्तो देखिँदैन ।”

उनीहरुको गोजीमा ताससमेत फेला परेको छ । उनीहरु पार्किङ गरेर राखेको कारमा तास्न खेल्न पसेको हुन सक्ने प्रहरी आशंका छ । कार पञ्चर भएर त्यही थन्किएको थियो ।

शनिबार तुलसीपुर उपमहानगरपालिका–६, स्याउलीबजारनजिक भारतीय नम्बर प्लेटको कारमा तीन शव फेला परेको थियो । वैशाख १६ गते हराइरहेका तीन बालक कारभित्र मृत अवस्थामा फेला परेका थिए ।

प्रहरीका अनुसार मृत भेटिनेमा तुलसीपुर–६, गाइडरका भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र किरण परियारका सात वर्षीय छोरा करण परियार छन् । सुवर्ण र किरण दुई दाजुभाइका छोरा हुन् । घटनाको अनुसन्धान प्रहरीको विशेष टोलीले गरिरहेको छ । शवलाई पोस्टमार्टमको लागि अस्पताल पुर्‍याइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ