कास्कीसँगै स्याङ्जा र बाग्लुङमा पनि मंगलबारदेखि पूर्ण रुपमा लकडाउन

कास्कीसँगै स्याङ्जा र बाग्लुङमा पनि मंगलबारदेखि पूर्ण रुपमा लकडाउन

Baglung Bazar

बागलुङ बजार

कास्कीसँगै स्याङ्जा र बाग्लुङमा पनि वैशाख २१ गते मंगलबार देखि पूर्ण लकडाउन हुने भएको छ।

तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको छुट्टा–छुट्टै बैठकले उक्त निर्णय गरेको हो। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन्।

लकडाउनमा तरकारी तथा फलफूल, खाद्यान्न, औषधिलगायतका पसल खुले पनि अन्य बजार पसल बन्द हुनेछन्। यस्तै, सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाउने, अनावश्यक रुपमा मानिस घरबाहिर निस्कन नपाउने लकडाउन सम्बन्धी आदेशमा उल्लेख छ।

मंगलबारदेखि लागू हुने गरी जारी भएको लकडाउन कास्की र बाग्लुङमा ३१ गतेसम्म रहनेछ भने स्याङ्जामा ३० गतेसम्म हुने प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ।

गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या २०४३ पुगेको छ। जसमा १५६ जना अस्पतालमा उपचाररत छन् भने १ हजार ८८७ जना होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

गण्डकी प्रदेशमा हालसम्म २३२ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन्। जसमध्ये २४ घण्टा यता मात्रै ८ जना संक्रमितको मृत्यु भएको डा. शर्माले बताए।

स्याङ्जा बजार

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds