काठमाडौँ : तथ्यांक परिषद्को आजको बैठकले राष्ट्रिय जनगणना, २०७८ का सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं परिषद्का संयोजक पुष्पराज कँडेलले परिस्थिति सामान्य भएपछि मात्र सुपरिवेक्षक, गणक लगायतका तालिम कार्यक्रम सुचारु गरी जनगणना कार्यक्रम अघि बढाउनेगरी अहिलेलाई कार्यक्रम स्थगित गर्ने निर्णय भएको बताए ।
विभागको पूर्व निर्धारित समयतालिका अनुसार जेठ २५ देखि गणकहहरू खटाएर राष्ट्रिय जनगणना गर्न लागिएको थियो । अहिले सुपरिवेक्षक र गणकहरूको तालिममा समेत समस्या भएको साथै घरपरिवारमा गएर तथ्यांक संकलन गर्ने वातावरण नरहेको भन्दै यसलाई स्थगित गर्नुपरेको उनको भनाइ छ ।
विभागले जनगणनाका लागि ४३ हजार गणक र ९ हजार सुपरिवेक्षकको तालिम सञ्चालन गरिरहेको थियो । सुपरिवेक्षकहरूले जेठ १ देखि घरपरिवार सूचीकरणको काम गर्नुपर्नेमा उनीहरूका परिवारमा कोभिड–१९ देखिएको, कन्ट्याक्ट ट्रेसिङमा परेको तथा आफैं संक्रमित हुन थालेपछि अहिलेलाई तालिम सम्बन्धी सबै क्रियाकलाप कोभिड-१९ नियन्त्रण केन्द्रीय अनुगमन समितिको भेला गर्न नपाउने निर्णय अनुसार रोकिएको हो । तालिम गर्न नसकिएकाले तोकिएको समयमा राष्ट्रिय जनगणना गर्न नसकिने अवस्था भएकाले जनगणना स्थगित गर्ने औपचारिक निर्णय भने मन्त्रिपरिषद्ले गर्ने बताइएको छ ।
तथ्यांक परिषदमा आयोगका उपाध्यक्षले नेतृत्व गर्छन् भने सबै मन्त्रालयका सचिव र केन्द्रीय तथ्यांक विभागका महानिर्देशकले प्रतिनिधित्व गर्छन् । परिस्थिति सामान्य भएपछि राष्ट्रिय जनगणना सञ्चालनका लागि नयाँ समयतालिका निर्धारण गर्ने बताइएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’