दिवेश पोखरेल अर्थात ‘आर्थर गन’ अमेरिकी आइडलको टप सेभेनमा प्रवेश गरेका छन् । गायन रियालिटी सोले अफिसियल ट्वीटरमार्फत उक्त जानकारी गराएको हो ।
अघिल्लो १८ औं संस्करणमा दोस्रो बनेका पोखरेल पछिल्लो संस्करणमा भने उत्कृष्ट सातमा पसेका हुन् । १८औं संस्करणका उपविजेता समेत रहेका पोखरेल ‘अमेरिकन आइडल’ को १९ औं संस्करणमा पनि टप सातमा पुगेका हुन् ।
यसअघिको सिजनका १० प्रतियोगीले यो संस्करणको गायन प्रतिस्पर्धामा भाग लिने अवसर पाएका थिए। दिवेशसँगै फेथ बेक्नेल, फ्र्यांकलिन बुन, ड्वाने क्रकर जुनियर, सिनाय एलिस, आलियाना जेस्टर, लुइस नाइट, निक मेरिको, मिकेल फिलिप्स, ओलिभिया जेमिनिसले अमेरिकन आइडल जित्ने दोस्रो मौका पाएका छन् ।
अमेरिकन आइडलले कोरोना भाइरसका कारण केही प्रतिस्पर्धीले ठूलो स्टेजमा कार्यक्रम गर्ने पर्याप्त मौका नपाएको कारण देखाउँदै गत सिजनका १० जनालाई मौका दिने निर्णय गरेको थियो ।
गत वर्ष दिवेशलाई धेरैले आइडलका विजेताको दाबेदारका रुपमा व्याख्या गरेका थिए । तर त्यो वर्ष धेरै भोट पाएर जस्ट स्याम विजेता भएकी थिइन् ।
नेपालमा जन्मिएका पोखरेलको गायकीलाई अमेरिकी आइडलका निर्णायकले रुचाउँदै आएका छन् ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह