गोरखामा पनि आज रातिदेखि निषेधाज्ञा

गोरखामा पनि आज रातिदेखि निषेधाज्ञा

DAO-gorkha

कोरोनाको बढ्दो संक्रमणले जनजीवन नराम्ररी प्रभावित बनाएको छ । देशका विभिन्न जिल्लामा लकडाउन भइरहेका छन् । बाँकी जिल्लाहरुले पनि धमाधम निषेधाज्ञा जारी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय गोरखाले पनि आज रातिदेखि जिल्लाभर निषेधाज्ञा गर्ने निर्णय गरेको छ । बुधबार बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले यो निर्णय गरेको हो ।

हाललाई निषेधाज्ञा वैशाख ३१ गते राति १२ बजेसम्म गोरखा जिल्ला भरी लागु हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ