पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले आफू पोखरा छाडेर बागलुङ पुगेको जानकारी दिएका छन् । उनले आफूले कुनै हालतमा पनि काँग्रेसलाई सहयोग नगर्ने भएकाले हस्ताक्षर पनि नगरेको र आफूमाथि कारबाही सुरु गरिएको पनि पत्तो नभएको बताएका छन् ।
केही समय अघि मात्रै राष्ट्रिय जनमोर्चाले उनलाई संसदीय दलको नेताबाट हटाएको छ । अब सांसद पदबाट पनि हटाउन तयारी गरेको बुझिएको छ । उनलाई पदमुक्त नगरेको खण्डमा पार्टीको योजना सफल हुँदैन । अर्थात्, नेपाली काँग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार बन्दैन । थापालाई हटाएमा र सांसद खीम विक्रम शाही अन्तिम अवस्थासम्म पनि साथमा रहेमात्र अहिले विपक्षी गठबन्धनमा सरकार बन्छ ।
जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्ट दुई हप्तादेखि पोखरा छन् । उनले आफूले सांसद थापाले हस्ताक्षर गर्ने र २ बजे नै प्रदेश प्रमुखको कार्यालयमा लगेर बुझाउने बताएका थिए । तर, थापा बिहानै पोखरा छाडेको फोनमा बताउँछन् । उनले भने – म त ७ बजे नै पोखराबाट बागलुङ हिँडेको हुँ । ९ बजेतिरै आइपुग्याथेँ । अहिले आफ्नै घर जैमिनीमै छु ।
महासचिव भट्टले हस्ताक्षर हुन्छ भन्नुभएको छ, तपाईं पोखरामै लुकेको कि बागलुङ नै जानुभएको हो ? भन्ने प्रश्नमा उनले थपे – ‘कहाँ म हस्ताक्षर गर्छु ? मैले गरेको छैन । र मेरो हस्ताक्षर अरुले गर्न सक्लान्, त्यसो हुन दिन्न ।’ उनले आफूलाई कारबाही बारे थाहा नभएको बताए । थापाले भने – ‘खै यसबारे मलाई थाहा छैन । मलाई पैसा खाएको भन्ने आरोप छ रे, चुनौती दिन्छु ।’
हस्ताक्षर गर्न इन्कार गरेसँगै बिहान स्पष्टीकरण सोधेको राजमोले दिउँसो संसदीय दलको नेताबाट हटाएको हो ।

जनमोर्चाले सांसद थापालाई संसदीय दलको नेताबाट हटायो
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन