बागलुङ । कोभिड–१९ को संक्रमणबाट बागलुङमा एक घण्टामा तीन जनाको मृत्यु भएको छ । धौलागिरी अस्पतालमा उपचाररत एक नेतासहित तीन जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बागलुङमा कोभिडबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।
कोभिड भएर वैशाख १९ गतेदेखि अस्पतालमा उपचाररत ढोरपाटन नगरपालिका–९ का ५७ वर्षीय शेरमान घर्तीको उपचारकै क्रममा मृत्यु भएको हो । उनी नेकपा माओवादी केन्द्रका नेता थिए ।
ढोरपाटन नगरपालिकाको मेयरमा पराजित भएका घर्तीले गत वर्ष भएको बागलुङ क्षेत्र नम्बर २ ख को उपनिर्वाचनमा पनि गण्डकी प्रदेश सदस्यमा उम्मेदवारी दिएका थिए । तर, अन्तिम समयमा अहिले गण्डकी प्रदेश सभा सदस्य रहेर चर्चामा रहेका राष्ट्रियका खिमविक्रम शाहीलाई समर्थन जनाएर उम्मेदवारी फिर्ता लिएका थिए ।
अस्पतालमै उपचाररत गलकोट नगरपालिका–२ का ५२ वर्षीय पुरुष र बागलुङ नगरपालिका–४ का ७७ वर्षीया वृद्धको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।
गल्कोटका ५२ वर्षीय पुरुष वैशाख २२ गते अस्पताल आएका थिए भने ७७ वर्षीय वृद्ध मंगलबार मात्रै अस्पताल भर्ना भएका थिए ।
सम्बन्धित खबर
हलगोरु पाल्ने बागलुङका १७८ किसानले पाए पोषणभत्ता
बागलुङमा घरको तीन तलामाथिबाट खसेर ९१ वर्षीया वृद्धाको मृत्यु
बागलुङको काभ्रेडाँडामा लिफ्टिङमार्फत ‘एक घर, एक धारा’
बागलुङमा ८० वर्षीय वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर लगाए आगो
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
चैते दसैँमा कालिका मन्दिरमा पर्यटक बढे
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही
धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु