प्यालेस्टाइनको गाजा क्षेत्रमा इजरायलको बमबारीको क्रममा कम्तिमा १३९ जना मारिएका छन् । साथै ९५० जना घाइते भएका छन् ।
मृत्यु हुनेमध्ये ४० जना बालबालिका छन् । गत सोमबारदेखि इजरायलले प्यालेस्टाइनमाथि निरन्तर हवाइ आक्रमण गरिरहेको छ । शनिबार पनि इजरायली हमलाबाट ८ बालबालिकासहित १० जना मारिएका छन् । गत साता इजरायलमाथि हमासले रकेट आक्रमण गरेपछि इजरायलले गाजा क्षेत्रको मानव बस्तीमा नियमित हवाइ आक्रमण गरेको हो ।
शनिबारको आक्रमण गाजा क्षेत्रमा रहेका शरणार्थी शिविरप्रति लक्षित रहेको बताइएको छ । जहाँ १० जनाको मृत्युका साथै १५ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । प्यालेस्टाइनी अधिकारीहरुका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अवस्था छ ।
इजरायलको आक्रमणलाई अन्तर्राष्ट्रिय समुदायले पनि निन्दा गरेका छन् । साथै यसलाई नरसंहारको रुपमा विरोध गरिएको छ । इजरायलले आक्रमण तिब्र बनाएपछि गाजा क्षेत्रका दश हजार भन्दा धेरै मानिसले घर छाडेर सुरक्षति स्थानतर्फ भागेका छन् ।
सम्बन्धित खबर
अमेरिकामा गोली चल्दा ३ जनाको मृत्यु
रुस–युक्रेन युद्धमा गण्डकीका ३ सहित ६ नेपालीको मृत्यु, एक जना युक्रेनमा बन्धक
भारतीय वायुसेनाको विमान दुर्घटना : दुई पाइलटको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प
इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० जनाको मृत्यु
गुजरातमा चट्याङमा परेर १३ जनाको मृत्यु
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका