अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको छ । कोभिड– १९ को दोस्रो लहर (नयाँ भेरियन्ट)फैलिएको र सो को रोकथामका निम्ति देशका अधिकांश ज़िल्लामा निषेधाज्ञा भई सभा सम्मेलन जस्ता कार्यक्रम गर्न प्रतिबन्ध तथा कोरोना भाइरसको संक्रमणपछि उत्पन्न परिस्थितिका कारण जुन थर्ड अर्थात अन्नपूर्ण आरोहण दिवसको अवसर गर्ने गरी तय गरिएको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले जनाएको छ ।
समितिका अध्यक्ष ललित गुरुङले तेस्रो संस्करणका कार्यक्रम गर्ने तयारी गरिएको भएपनि ती सबै कार्यक्रम स्थगित गरिएको एक विज्ञप्ति मार्फत जानकारी गराएका छन् । ‘१९ कै कारण गत वर्षको कार्यक्रम पनि स्थगित गर्नुपरेको र अहिले पनि नयाँ भेरियन्ट फैलिएका कारण उक्त कार्यक्रमलाई निरन्तर दिन नसकेकोमा क्षमा चाहन्छौं । कोरोना भाइरसको महामारीका कारण अन्नपूर्ण आरोहण दिवसको अवसरमा यस समितिद्वारा २०७८ साल जेष्ठ १८ देखि २० गतेसम्म कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आयोजना गर्ने तयारी गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको व्यहोरा जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।
अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न विगत तीन वर्षदेखि निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन गर्दै हुँदै आएको थियो । अहिलेको प्रतिकूल परिस्थितिका कारण यसवर्षको कार्यक्रम स्थगित भए पनि आमागी वर्षमा पूर्वनिर्धारित समय अनुसार नै कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ ।
अन्नपूर्ण म्याराथन तथा पर्यटन महोत्सवका लागि विनियोजित रकम आगामी वर्षमा समेत निरन्तरका लागि समतिले अनुरोध गरेको छ । २०७५ फागुन १५ को हिमपातबाट अन्नपूर्ण आधारशिविरमा आएको हिमआँधिले अन्नपूर्ण आधारशिविरका होटलमा भएको गम्भीर क्षति, भ्रमण वर्ष २०२० घोषणा भए लगत्तै अन्नपूर्ण पदयात्रामार्ग अन्तर्गत हिन्कु केभको भएको दुःखद घटना र अहिले विश्वव्यापी बनेको कोभिड–१९ को दोस्रो भेरियन्ट फैलिएको संक्रमण र त्यसको नियन्त्रण लागि अपनाइएको निषेधोज्ञाका कारण त्यस क्षेत्रको पर्यटन व्यवसायसँगै देशको सम्पूर्ण अर्थतन्त्रमा समेत गम्भीर असर परेको छ ।
धराशायी बन्दै समग्र पर्यटन उद्योग गम्भीर संकटोन्मुख परिस्थितिमा गुज्रिएको अवस्था छ । पर्यटन क्षेत्रलाई धाराशायी हुन नदिनका विषेश राहत प्याकेज कार्यक्रम सञ्चालन गरी अर्थतन्त्रको सवलीकरण गर्नस्थानीय, प्रदेश र संघ सरकारसँग विशेष अनुरोध गरिएको छ ।

सम्बन्धित खबर
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो