पूर्व फुटबल खेलाडी तथा प्रशिक्षक बिल तामाङको पोखरामा निधन भएको छ । हाल सहारा हङकङका उपाध्यक्ष रहेका उनी सहारा क्लबका पूर्व खेलाडी तथा प्रशिक्षक थिए ।
कोभिड १९ बाट संक्रमित भएका तामाङको उपचारको क्रममा निधन भएको । दुई साता अघि संक्रमण पश्चात गण्डकी मेडिकल कलेज (जिएमसी)मा उपचारर्थ तामाङको मंगलबार बिहान ३ः३० मा निधन भएको हो ।
सहारा क्लव पोखरामा प्रशिक्षकको रुपमा २०५८ सालबाट आवद्ध तामाङले हालै मात्र एफसी÷एन्फा ‘ए’ लाइसेन्स प्राप्त गरेका थिए । सन २००१ देखि २००३ सम्म भारतको पटियालामा प्रशिक्षण लिएर फुटबल प्रशिक्षणमा ‘फर्ष्ट क्लास’ भएका उनी नेपाली फुटबल प्रशिक्षक ‘फर्ष्ट क्लास’ हुने पहिलो नेपाली फुटबल प्रशिक्षक समेत थिए ।
उनी भन्थे– ‘हङकङमा बसेर पनि मैले नेपाली पासपोर्ट त्यागेको छैन, म आफ्नो जन्म भूमीमा केही गरेर देखाउन चाहन्छु, मलाई यसमा झिनो आशा अझै बाँकी छ ।’ पोखरा १३, संगमटोल निवासी तामाङ गत फागुनमा हङकङबाट एफसी लाइसेन्सका लागि नेपाल आएका थिए ।
पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका बिल सहारा क्लवमा प्रशिक्षकको रुपमा आवद्ध रहँदा धेरै पोखरेली फुटबल खेलाडी उत्पादनमा अहम् भूमिका खेलेका थिए । ४५ वर्षिय तामाङका श्रीमती र एक छोरा छन् । उनको निधनमा सहारा क्लबलगायत फुटबल सम्बद्ध संघसंस्था एवं शुभेच्छुकले शोक व्यक्त गरेका छन् ।
सम्बन्धित खबर
पोखरा विश्वविद्यालय फुटबल प्रिमियर लिग जेठ १२ देखि १४ गतेसम्म
चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै
बिरुवामा अध्यक्ष कप: वडा नं–६ ले जित्यो पुरुष भलिबलको उपाधि
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य