एजेन्सी । कोरोनाको तेश्रो लहरमा बालबालिकामाथि खतरा हुने खबर आइरहेकै बेला एउटा खुसीको खबर प्राप्त भएको छ ।
भारतले सरकारले बालबालिकाका लागि कोरोना खोपको ट्रायलका लागि अनुमति दिएको छ । मंगलबार भारतको नीति आयोगका सदस्य डा. विके पालले भने, ड्रग कन्ट्रोल जनरल अफ इन्डिया (डिसिजिआई) ले २ देखि १८ वर्षका बालबालिकालाई कोरोनाको दोश्रो र तेश्रो चरणको क्लिनिकल परीक्षणलाई अनुमोदन गरेको छ ।’
डा.पालले भने, ‘मलाई भनिएको छ कि यी परीक्षणहरु आगामी १० देखि १२ दिनमा सुरु हुनेछन् । यो बाहेक डिआरडिओ को विकसित एन्टी कोभिड औषधी टू डिजी लाई पनि आपतकालीन उपयोगका लागि स्वीकृत प्राप्त भएको छ । हामी यसलाई ट्रिटमेन्ट प्रोटोकलमा जोड्नका लागि औषधीको परीक्षण गर्दैछौं ।’
अहिले भारतमा को भ्याक्सिन १८ वर्षभन्दा माथिको उमेर समूहमा प्रयोग भैरहेको छ । दैनिक भास्करका अनुसार एम्स पटना, मेडिट्रिना साइन्स इन्स्च्यिुट नागपुर, एम्स दिल्ली लगायतका अस्पताल र संस्था ५२५ बालबालिकामाथि खोप परीक्षणका लागि सहमत भएका छन् ।
सम्बन्धित खबर
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता
अमेरिकामा गोली चल्दा ३ जनाको मृत्यु
रुस–युक्रेन युद्धमा गण्डकीका ३ सहित ६ नेपालीको मृत्यु, एक जना युक्रेनमा बन्धक
भारतीय वायुसेनाको विमान दुर्घटना : दुई पाइलटको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका