लमजुङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २६ मिनेट जाँदा भुलभुले आसपास नै केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का तनहुँ, गोरखा, धादिङ, कास्की, चितवन, काठमाण्डौ उपत्यकासम्म महसुश भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा पनि ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको थियो । दुबै भूकम्पको केन्द्र लमजुङको भुलभुले हो ।
हालसम्म प्राप्त जानकारी अनुसार भूकम्प जाँदा लम्जुङमा दर्जन घर भत्केका छन् । चोट लागेर ७ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मस्र्याङदी गाउँपालिकाका तीनजना गाउँले घाइते भएका छन् ।४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएकी छिन् । अर्का एकजना घाइतेको नाम खुलेको छैन । लम्जुङका डिएसपी गंगाबहादुर थापाका अनुसार अहिलेसम्म सात वटा घर भत्केका छन् । घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको उनले बताए । उनका अनुसार भत्किएका सबै कच्ची घर हुन् । घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको उनले बताए । गाउँमा कच्ची घर भएकोले पनि भूकम्पले भत्किएर स्थानीय घाइते हुन पुगेको उनले बताए ।
गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी घनश्याम अर्यालका अनुसार लमजुङको दोर्दी–९ मा पाँचवटा घर भत्किएको छ भने चार जना घाइते भएका छन् । सबै सामान्य घाइते भएका हुन् । क्षतिको विवरण आउँदैछ । बिहानैको समयमा भूकम्प गएकोले सर्वसाधारण भागाभाग गरेका थिए ।
बिहानै भूकम्पः लमजुङमा घर भत्कँदा केही घाइते, पोखरा-काठमाण्डौसम्म धक्का महसुस (तस्वीरहरु)
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?