लमजुङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २६ मिनेट जाँदा भुलभुले आसपास नै केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का तनहुँ, गोरखा, धादिङ, कास्की, चितवन, काठमाण्डौ उपत्यकासम्म महसुश भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा पनि ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको थियो । दुबै भूकम्पको केन्द्र लमजुङको भुलभुले हो ।
हालसम्म प्राप्त जानकारी अनुसार भूकम्प जाँदा लम्जुङमा दर्जन घर भत्केका छन् । चोट लागेर ७ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मस्र्याङदी गाउँपालिकाका तीनजना गाउँले घाइते भएका छन् ।४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएकी छिन् । अर्का एकजना घाइतेको नाम खुलेको छैन । लम्जुङका डिएसपी गंगाबहादुर थापाका अनुसार अहिलेसम्म सात वटा घर भत्केका छन् । घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको उनले बताए । उनका अनुसार भत्किएका सबै कच्ची घर हुन् । घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको उनले बताए । गाउँमा कच्ची घर भएकोले पनि भूकम्पले भत्किएर स्थानीय घाइते हुन पुगेको उनले बताए ।
गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी घनश्याम अर्यालका अनुसार लमजुङको दोर्दी–९ मा पाँचवटा घर भत्किएको छ भने चार जना घाइते भएका छन् । सबै सामान्य घाइते भएका हुन् । क्षतिको विवरण आउँदैछ । बिहानैको समयमा भूकम्प गएकोले सर्वसाधारण भागाभाग गरेका थिए ।
बिहानै भूकम्पः लमजुङमा घर भत्कँदा केही घाइते, पोखरा-काठमाण्डौसम्म धक्का महसुस (तस्वीरहरु)
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ